यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ५६ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४७ रुपैयाँ २३ पैसा र बिक्री दर १४७ रुपैयाँ ९२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र बिक्री दर ८ रुपैयाँ ९५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ९७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment