डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

डिसी नेपाल
२७ भदौ २०७९ १३:२२
168
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ।

केसी अनसन बस्न धनगढी पुगेका छन् । यसअघि केसीले ७ बुँदे माग अघि सारेका थिए । सरकारले आफूले दिएको समयमा पनि मागबारे कुनै सुनुवाई नगरेकोले उनी अनसन बस्न आज (सोमबार) धनगढीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

केसीका सहयोगी प्रितम सुवेदीले लेखेका छन्–‘सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न डा केसी धनगढी जाँदै हुनुहुन्छ।’ यसअघि डा. केसीले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै ७ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.