आजदेखि दसैंका लागि नयाँ नोट

डिसी नेपाल
२९ भदौ २०७९ ११:३७
156
Shares

काठमाडौं। दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्। राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.