समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

डिसी नेपाल
२ असोज २०७९ ७:१९
24
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए।

संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ। ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *