दुई लघुवित्तको सेयर कारोबार रोक्का

डिसी नेपाल
२ असोज २०७९ ११:४४
128
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। मर्जर प्रक्रियामा रहेको हुनाले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो।

साना किसान विकास र आरएमडिसी लघुवित्तले गत शुक्रबार एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता भएको थियो। मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ। यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.