प्रहरी धरपकडमा घाइते भएका अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
३१ असार २०८३ २०:००

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीको धरपकडबाट घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीले बल प्रयोग गर्दा अन्सारी घाइते भएका थिए। प्रहरी हिरासतमा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारपछि उनलाई बुधबार अस्पतालले डिस्चार्ज गरेको हो।

अस्पतालबाट डिस्चार्ज भएसँगै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट समेत मुक्त भएका छन्।

अन्सारीका कानुन व्यवसायीका अनुसार, अब उनीहरू बाँकी कानुनी उपचार र यातनाविरुद्धको हकको रक्षाका लागि प्रक्रिया अगाडि बढाउने तयारीमा छन्। यसका लागि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई आधार मान्ने उनीहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *