टुकुचा खोलाको उत्खनन आज पनि निरन्तरता

डिसी नेपाल
२ असोज २०७९ १९:३०
132
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन गरिएको छ ।

आइतबार महानगरको टोलीले डोजर लगाएर उत्खनन गर्दा हात्तीसारमा पनि टुकुचा भेटिएको हो । महानगरले काठमाडौंको जयनेपालबाट सुरु गरेको उत्खननलाई निरन्तरता दिएको हो । यसैबीच उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो । यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ ।

त्यस्तै पुरातत्व विभागले टुकुचा खोलाको विस्तृत अध्ययन गर्ने भएको छ । टुकुचा खोला छोप्न बनाइएको संरचना कति पुरानो हो भन्नेबारे विभागले अध्ययन गर्ने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.