नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीकाे विराेध प्रदर्शन
सिराहा। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो।
सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment