सन्दीपले लिए क्याप्टेनको विकेट

डिसी नेपाल
१७ पुष २०७५ ९:३०

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ‘बिग बाश लिग’ खेलिरहेका नेपाली बलर सन्दिप लामिछानेले आफ्नो अनौठो कीर्तिमानलाई निरन्तरता दिनेक्रम चौथो खेलमा पनि जारी राखेका छन् ।

उनले अहिलेसम्म यो लिगमा जुन टिमविरुद्ध खेलेका छन् त्यो टिमका कप्तानकै शिकार गरेका छन् । सन्दिप आबद्ध टिम मेलबर्न स्टार्सले अहिलेसम्म ४ खेल खेलेको छ र ती सबै खेलमा विपक्षी टिमका कप्तानको विकेट सन्दिपले नै लिएका छन् ।

आफ्नो चौथो खेलमा मेलबर्न स्टार्सका स्टार सन्दीपले मेलबर्न रेनेगेड्सका कप्तान टम कुपरलाई बोल्ड गरे । मेलबर्न रेनेगेड्सका नियमित कप्तान आरोन फिन्च हुन् तर मंगलबार उनको अनुपस्थितिनमा टम कुपरले कप्तानी गरेका थिए । कपुरले १० रन बनाउन ९ बल खेलेका थिए ।

पहिलो ओभरमा ११ रन दिएका सन्दीपले आफ्नो तेस्रो ओभरमा कप्तान कुपरको विकेट लिँदै विपक्षी कप्तानलाई शिकार गर्ने आफ्नो लय कायम राखेका छन् ।

मेलबर्न स्टार्सले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा सिड्नी थण्डरविरुद्ध खेलेको थियो । यो खेलमा सिड्नी थण्डरका कप्तान शेन वाटसनको विकेट सन्दिपले नै लिएका थिए ।

सन्दिपले वाटसनलाई निक लारकिनको हातबाट क्याच आउट गराएका थिए । मेलबर्न स्टार्सको दोस्रो खेलमा सन्दिप २४ डिसेम्बरमा होबार्ट हरिकेसविरुद्ध खेले । यो खेलमा हरिकेन्सका कप्तान म्याथ्यु वेडलाई सन्दिपले एडम जाम्पाको हातबाट क्याच आउट गराए ।

मेलबर्न स्टार्सले तेस्रो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर २७ मा खेल्यो । यो खेलमा सिड्नी सिक्सर्सका कप्तान मोइस हेनरिक्सलाई सन्दिपले नै एलबीडब्लु आउट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *