तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललेसात स्वर्ण जित्यो

डिसी नेपाल
१७ पुष २०७५ १७:४०

काठमांडौ । भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले मगंलबार सात स्वर्ण पदक जितेको छ ।

भारतको कोलकातामा यही पुस १४ गतेदेखि शुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा चार स्वर्ण जित्न सफल भएको टोली व्यवस्थापक रोशन खानले जानकारी दिए ।
फाइटतर्पm जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिशा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए । पुम्सेतर्पm रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

पुम्सेमै विपिसा विकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् । सञ्चिता थापामगर भने कास्य पदमा सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सञ्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *