चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवशनः सीको शून्य कोभिड नीतिको आलोचना

डिसी नेपाल
३० असोज २०७९ ११:३९
124
Shares

बेइजिङ। बेइजिङमा कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन्। दशकौं लामो परम्परा तोड्दै प्रतिनिधिहरूले सीलाई पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल हस्तान्तरण गर्ने सम्भावना छ।

‘भाइरसको फैलावट रोक्नको लागि शून्य कोभिड नीति पूर्ण मात्रामा जनयुद्ध थियो’ उनले भने। नीतिले धेरैको ज्यान जोगाएको तर चिनियाँ जनता र अर्थतन्त्रलाई दण्डित गरेको उनले बताए।

लकडाउन र यात्रा प्रतिबन्धलाई लिएर चौतर्फी सार्वजनिक असन्तुष्टि बढ्दो छ। महाअधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा कडा सुरक्षा सतर्कता अप्नाइएको छ। सी र शून्य कोभिड नीतिको आलोचना गर्दै तीब्र प्रदर्शन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.