अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा
काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा कायम गरेको छ। पछिल्ला समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगिरहेको छ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ७४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ८८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३२ पैयाँ ५७ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ७७ पैसा र बिक्री दर ८३ रुपैयाँ १५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९३ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २६ पैसा र बिक्री दर १८ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ र बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २७ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment