प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ। यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ। ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कम्पनीकाे कारोबार भएको छ। तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment