नेप्से १२.८१ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

डिसी नेपाल
२ कार्तिक २०७९ १५:२७
96
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से १२.८१ अंकले घटेर १ हजार ८४५.५१ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड ३६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ। यसको आज ३ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये बैंकिङ्ग र होटल एण्ड पर्यटन उपसुचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। यस्तै, पिपुल्स पावर र सिमिलिङ्ग पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.