आरएसडिसी लघुवित्तको खुद नाफा १०१.९८ प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाण्डौ ।आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०१.९८ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद नाफा बढेसँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ। कम्पनीको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशतले बढेर ७ करोड ६५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४८ लाख रुपैयाँमा सीमित थियो। यस्तै, सञ्चालन मुनाफा पनि ११२.८६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा २ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा कम्पनीले यस अवधिमा बढाएर ५ करोड ४६ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
समीक्षा अवधिमा संस्थाले ५ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ४१.३१ प्रतिशतले बढेर ९ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ८९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खुद नाफा बढे सँगै प्रति सेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति सेयर आम्दानी ८.६५ रुपैयाँले बढेर १८.९९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ईपीएस १०.३४ रुपैयाँमा सीमित थियो। कम्पनी पीई रेसियो २५.५९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ रहेको छ।







डिसी नेपाल







Facebook Comment