शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार अमेरिकी प्रतिडलर खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम गरेको थियो।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३२ पैसा र बिक्री दर ८३ रुपैयाँ ७० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १५ पैसा र बिक्री दर ३५ रुपैयाँ ३१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment