चाडपर्व नजिकिएसँगै कुम्हाले समुदाय माटोको भाँडा बनाउन व्यस्त

डिसी नेपाल
५ कार्तिक २०७९ १३:२८
156
Shares
सिराहा । नेपालीहरुको महान् चाडपर्व नजिकिएसँगै तराई मधेशका पण्डित (कुम्हाले) समुदायहरु माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सिरहासहित तराई मधेशका कुम्हाले कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । सिरहाको धनगढीमाई नपा ७ कसहाका ४० वर्षीय अर्जुन पण्डितलाई अहिले माटोको भाँडा बनाउन भ्याई नभ्याई छ । तराईका सांकृतिक पर्व छठ तथा दिपावली नजिकिदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग  अत्यधिक भएकाले परिवारै भाँडो तथा पूजा सामग्री बनाउन व्यस्त भएका हुन ।

छठ तथा दिपावली पर्वमा नै सवैभन्दा बढी माटाका भाडाह विक्ने भएकाले अर्जुनका परिवारै यतिखेर माटोको भाँडा बनाउनमा व्यस्त छन । उनले भने, ‘दसैं बितेसँगै म, कान्छो छोरा रामवृक्ष, बुवा वैजनाथ, छोरा, श्रीमती विहान देखि वेलुका सम्म यसैमा लागेको हुन्छौं, अहिले कमाई हुने भएकाले अरुकाम थाती राखेर यसमा लागेका हौं । उनले थपे यही एक महिनाको अवधिमा सवै खर्च कटाय लाख रुपैयाँ सम्म बचत हुन्छ ।’

वर्षभरीमा सवैभन्दा बढी अहिले नै माटोको सामाग्री विक्री हुने भएकाले पनि उनीहरु बजारको मागअनुसार सामग्री निर्माणमा जुटेका हुन । धनढीमाई नपा ७ कसहाकै ३१ वर्षिय रामदुलार पण्डितलाई पनि अहिले उतिकै चटारो लागेको छ । उनी श्रीमती, आमासहित बिहानै देखि माटो भिजाउने, मुछ्ने देखि माटाका सामग्री बनाउन मै व्यत हुन्छन् ।

अहिले कै कमाइले वर्ष भरि पुग्ने भएकाले पनि यो समुदाय दिन रात नभनी काममा लाग्ने गरेको रामदुलारले बताए । उनले भने, ‘अहिले नै रामो विक्री हुने हो,  अरुवेला त्यति चल्दैन । उनले थपे‘ यो काममा साना देखि ठूला सबैको काम हुन्छ ।  माटो ल्याउने, भिजाउने, माटाका सामाग्री वनाउनेदेखि त्यसलाई सुकाउने, पोल्ने सम्मको अवथामा सवैले काम पाउँछन ।’

प्लाष्टिकका भाँडाले बजार खाए पनि तराईमा धुमधामका साथ मनाईने छठ लगायतका चाडपर्व, विवाह तथा पूजामा माटाको भाडा अनिवार्य रुपमा पयोग गर्नुपर्ने मान्यता छ । उनले गतवर्ष चाड पर्व मनाएर ५५ हजा पैयाँ बचत गरेको बताए ।

पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अरुवेला भने माटाका भाँडा वर्तन विक्री कम हुने गरेको उनीहको भनाई रहेको छ । प्लाटिकका सामाग्रीका कारण मेहनत अनुसारको आफुहरुले उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा आफ्नो पेसा धरापमा परेको उनीहको बुझाई छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *