सामाजिक ब्यक्तित्व सम्मानबाट शर्मा सम्मानित
काठमाडौँ। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजसेवी संगीता शर्मा सम्मानित भएकी छिन्। आज (आइतबार)आयोजित एक कार्यक्रममा समाजसेवी शर्मा सामाजिक ब्यक्तित्व सम्मानबाट सम्मानित भएकी हुन्।
लायन्स क्लब अफ काठमाडौँ, गौतम बुद्ध लगाएत विभिन्न क्लबहरुको आयोजनामा संचालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका थिए।
शर्मा लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटि नामक क्लबको संस्थापक अध्यक्ष तथा हालसालै संचालनमा आएको मदर किड्स फाउन्डेसन नेपालको फाउण्डर अध्यक्ष समेत रहेकी छिन्। प्रमुख अतिथी लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ इ का डिस्ट्रीक गभर्नर लायन कर्मा गुरुङ र विशेष अतिथि दोय बाग्मती प्रदेशका नि बर्तमान सभामुख सानू कुमार श्रेष्ठ र पुर्व मन्त्री पर्बत गुरुङको हातबाट उक्त सम्मान ग्रहण गरेकी शर्माले आयोजक टिमप्रती हार्दिक आभार प्रकट गरिन्। यो सम्मानले भोलिका दिनहरुमा झन सामाजिक कार्य गर्ने हौसला प्रधान भएको शर्माले जानकारी दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment