तारकेश्वरको सानोपुल नजिकै जुत्ता उद्योगमा आगलागी (भिडियोसहित)

डिसी नेपाल
७ कार्तिक २०७९ २०:३०
412
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित सानोपुल नजिकै लोलाङ हाइटको एक घरमा आगलागी भएको छ ।

साँझ ७ बजे आगलागी भएपछि प्रहरीको टोली काठमाडौं महानगरपालिकाको दमकलसहित आगो निभाउन पुगेका थिए । आगो निभाउन काठमाडौं महानगरपालिकाको जुद्ध बारुण यन्त्र, नेपाली सेनाको अग्नि नियन्त्रक टोली साथै विभिन्न निकायको दमकल प्रयोग गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार लक्ष्मी पुजाको आगो सल्केको हुनसक्ने आशंका गरिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा आएपनि यकिन क्षतीको भने जानकारी आउन बाँकी छ ।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *