पिङबाट लडेर दैलेखमा एक युवकको मृत्यु

डिसी नेपाल
९ कार्तिक २०७९ १८:५४
152
Shares

दैलेख । लिङ्गे पिङबाट लडेर दैलेखमा १८ वर्षीय युवकको मृत्यु भएको छ । नारायण नगरपालिका-६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका-६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *