पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

डिसी नेपाल
१२ कार्तिक २०७९ ६:५२
120
Shares

काठमाडौं। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ, भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *