भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छः गृहमन्त्री खाण

डिसी नेपाल
१२ कार्तिक २०७९ १३:५१
56
Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् । गठबन्धनले भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको र दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *