मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०७९ ७:३०
160
Shares

काठमाडौं। गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन्। दुर्घटना बिहान ४ बजे भएको हो। घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *