कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०७९ २०:४८
32
Shares

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–८ बाट सोही ठाउँको चौगुर्दी बस्ने २० वर्षीय सञ्जय लुहारलाई १४४ ट्याबलेट नाईट्रोभेटसहित बुधबार साँझ पक्राउ गरेको प्रहरीले बताएको हो ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *