प्रधानसेनापति शर्माद्वारा तीन जर्नेललाई दज्यार्नी चिह्न प्रदान

डिसी नेपाल
१८ कार्तिक २०७९ १७:१०
144
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरे।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *