मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

डिसी नेपाल
२८ कार्तिक २०७९ १२:५७
292
Shares

मोरङ। मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जा पक्राउ गरेको छ। पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले भान्जालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *