महोत्तरीमा रोचक भिडन्त : माओवादी नेता पाेखरेललाई पछि पार्दै एमालेक महताेकाे अग्रता

डिसी नेपाल
६ मंसिर २०७९ १३:५७
832
Shares

महोत्तरी। मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ। महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन्।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन्। गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन्। क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनभन्दा कापर १००८ ले अघि छन्।

क्षेत्र न. ४ मा भने मतगणना सुरु भएको छ। औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *