उदयपुर २ः नेकपा एसका उपमहासचिव खतिवडालाई पराजित गर्दै विजयी भए रायमाझी

डिसी नेपाल
६ मंसिर २०७९ २०:०३
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । रायमाझी १५ हजार २ सय ५१ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याएका छन् । रायमाझीले खतिवडालाई २ हजार ३ सय ५८ मतान्तरले पराजित गरेका हुन् । खतिवडा नेकपा एसका उपमहासचिव समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.