कास्की-१ : एमालेको अग्रता कायमै
कास्की। कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ। क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याएका छन्।
उक्त क्षेत्रको प्रदेशसभा (२)मा १९ हजार छ सय ५१ मत गन्दा पाँच सय ८२ मत बदर भएको छ। जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ आठ हजार सात सय तीन मतसहित अघि छन् भने कांग्रेसका दीपक गुरुङले सात हजार पाँच सय ७७ मतसहित उनलाई पछ्याइरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले एक हजार सात सय१७ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले छ सय ६५ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार नौ सय २३ मतगणना गरिएकामा छ सय ५७ मत बदर भएको थियो। यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एक हजार चार सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा (एकीकृत समाजवादी)ले एक सय ३८ मत प्राप्त गरेका छन्।
क्षेत्र नं १(२)मा एमालेले चार हजार सात सय १५ मत, कांग्रेसले तीन हजार छ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले तीन हजार तीन सय ६०, एकीकृत समाजवादीले तीन सय २६ मत पाएको छ। यस क्षेत्रको प्रदेशसभा (२) मा समानुपातिकतर्फ १९ हजार छ सय ४० मतगणना हुँदा आठ सय २८ मत बदर भएको छ।
गणनामा एमालेले सात हजार आठ सय २८, कांग्रेसले छ हजार दुई, माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले एक हजार सात सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार छ सय ६९ मत, हाम्रो नेपाली पार्टीले पाँच सय ३१ मत, एकीकृत समाजवादीले तीन सय ४० मत पाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment