रोल्पा १ (१) मा माओवादीका जोखबहादुर महरा विजयी
रोल्पा। रोल्पा क्षेत्र न१ (१) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोख बहादुर महरा विजयी भएका छन्।
रोल्पा १(१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ ल्याएका छन्। वुढाथोकीलाई १४ हजार २० मतान्तरले पछि पार्दै महरा विजयी भएका छ्न्।
यस्तै राप्रपाका पदमबहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्जबहादुर शाहीले ६१२ प्राप्त गरे। जम्मा २९ हजार ८८७ मत खसेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment