माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्-निर्वाचन परिणामबारे संश्लेषण गर्नै पर्छ

डिसी नेपाल
७ मंसिर २०७९ ११:५३
1.2k
Shares

काठमाडौं। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन्। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको बताएका छन्। यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने उनको तर्क छ।

निर्वाचनको परिणामबारे अहिलेसम्म माओवादीका ठूला नेता कसैले पनि टिप्पणी गरेका छैनन्। सबैले नतिजा कुरिरहेका छन्। तर, नेता श्रेष्ठले भने बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे विश्लेषण र संश्लेषण गर्नुपर्ने तर त्यसका लागि घोत्लिन जरुरी नभएको उल्लेख गरेका छन्। उनले सबै आँधीबेरी जीवन ध्वंश गर्न नभई बाटो सफा गर्न पनि आउने बताएका छन्।

‘निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरु दिएको छ। यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ। त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ। तर अहिले यति मात्रः बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं। सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *