गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

डिसी नेपाल
७ मंसिर २०७९ १४:२५
1.9k
Shares

बुटवल। गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन्।

५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो। जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि मतगणना गर्न सुरू गरिएको हो।

प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ। गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन्। ७० हजार ६ सय मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *