सिरहा-४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी

डिसी नेपाल
८ मंसिर २०७९ ११:३६
364
Shares

लहान। सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्। उनले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गरेका हुन्।

निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले आठ हजार दुई सय २९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पासवानले सात हजार ८३ मत प्राप्त गरे।

यस्तै नेकपा (एमाले)का प्रकाश महासेठले ६ हजार आठ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.