मकवानपुर १ राप्रपाका सिंहको १८ मतको अग्रता बढेर ७३५ पुग्यो

डिसी नेपाल
८ मंसिर २०७९ १२:१०
1.8k
Shares

काठमाडौं । मकवानपुर १ मा अन्तिम चरणमा अप्रत्याशित रुपमा अग्रता उल्टिएको छ । यहाँ मत गणनाको सुरुदेखि तेस्रो रहेका राप्रपाका दिपक सिंह एक्कासी पहिलो स्थानमा आएर अग्रता बढाउन थालेका छन् ।

पछिल्लो प६स उनले १८ मतको अग्रता लिएका थिए जुन अहिले बढेर ७३५ पुगेको छ । पछिल्लो विवरण अनुसार उनले २५ हजार ६५ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २४ हजार ३३० मत पाएकी छिन् । नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २३ हजार ७१४ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.