सिरहा-१ बाट एमालेका राम शंकर यादव निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ १५:५७
160
Shares

काठमाडौं । सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् । यादवले कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् । यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतोले ३७९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका राम कुमार यादवले ३०४ मत मात्र पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.