सुर्खेत १ मा मतान्तर फराकिलो बनाउँदै खड्का, प्रदेशसभा (१) बाट कांग्रेस विजयी
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं १ ९१० मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी भएका छन् ।
उनले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी भएका हुन् । ३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याउनुभयो भने एमालेका विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गरे ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुग्नुभएको छ । उहाँले २९ हजार सात सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका धु्रवकुमार शाहीले २२ हजार दुई सय ८३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment