बर्दिया १ मा बामदेवलाई पराजित गरेका सञ्जयले यो पटक उनकै ज्वाइँलाई हराए

डिसी नेपाल
८ मंसिर २०७९ २३:२४
1.2k
Shares

बर्दिया । बर्दिया १ बाट प्रतिनिधिसभामा सदस्यमा सत्ता गठबन्धनका साझा उम्‍मेदवार नेपाली कांग्रेसका सञ्जय कुमार गौतम विजयी भएका छन् ।उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्‍मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका प्रतिद्धन्दी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्‍याए ।

२०७४को निर्वाचनमा सञ्जय गौतमले पराजित गरेका तत्कालीन एमाले उपाध्यक्ष बामदेव गौतमका सहोदर बहिनी ज्वाइँ  हुन् लक्ष्मण ज्ञवाली। सञ्जय गौतमको चुनावी भिडन्त गत निर्वाचनमा ज्ञवालीका आफ्नै जेठान एमाले उपाध्यक्ष बामदेव गौतमसँग भएको थियो ।

उनले २०७४को निर्वाचनमा क्षेत्र नं १ मै ज्ञवालीका जेठान बामदेव गौतमलाई ७५३ मतले पराजित गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.