गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

डिसी नेपाल
९ मंसिर २०७९ १४:२६
860
Shares

पोखरा। गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ। गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ।

एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ। मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ १ (क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो। यसैगरी कास्की २ (ख), ३(ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ। पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ।

स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ। माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जित निकालेको छ। तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ।

मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । अब स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ। स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । एक क्षेत्रको गणना अन्तिम अवस्थामा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.