सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १८:४४
212
Shares

सङ्खुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.