उदयपुर–१ प्रदेशसभा (२) मा कांग्रेसका हिमाल कार्की निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १९:३५
68
Shares

उदयपुर । उदयपुर क्षोत्र नम्बर १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन्। आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा(एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गरे ।

कार्कीले १४ हजार नौ सय ७९ मत पाउँदा राउतले १४ हजार सात सय ६४ मत पाए । दुई हजार नौ सय १० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राईले तेस्रो स्थान हासिल गरे । यस प्रदेशसभामा ३७ हजार छ सय ८५ मत खसेको थियो ।

कार्की यसै क्षेत्रबाट विसं २०७४ मा पनि निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्की प्रदेश नं १ सरकारका सडक पूर्वाधार तथा शहरी विकासमन्त्री र काँग्रेसका उदयपुर जिल्ला सभापतिसमेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.