मुगुमा कांग्रेसका ऐनबहादुर शाहीलाई दुई हजार सात सय ८२ मतको अग्रता
मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार एक सय ३८ मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा(एमाले) का उम्मेदवार राजबहादुर कार्कीले सात हजार दुई सय ८० मत प्राप्त गरेका छन् । शाही र कार्कीबीच दुई हजार सात सय ८२ मतान्तर रहेको छ ।
त्यस्तै प्रदेशसभा(१) मा एमालेका जीतबहादुर मल्लले चार हजार दुई सय ७२ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले तीन हजार दुई सय ९७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले पाँच हजार आठ सय १४ तथा एमालेका कर्णबहादुर मल्लले तीन हजार सात सय ५९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment