विद्युत्‌का पोलमा अनावश्यक झुन्डिएका इन्टरनेट र केबलका तार हटाउन व्यवसायीको आनाकानी

डिसी नेपाल
१८ मंसिर २०७९ ८:४७

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटकपटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन्।

कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो।

सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ। निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि केबल/इन्टरनेट/दूरसञ्‍चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *