नेप्सेले गर्यो बम्पर लाभांश दिने घोषणा

डिसी नेपाल
७ पुष २०७९ ९:३७
156
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सेयरधनीलाई बम्पर लाभांश दिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश (करसहित)बितरण गर्नेछ।

यसका साथै बैठकले लाभांश पारित गर्नको लागि बार्षिक साधारण सभा मिति पनि तय गरेको छ। कम्पनीले ४१ औँ वार्षिक साधारणसभा पुस २९ गते बस्ने निर्णय गरेको छ। सभा काठमाण्डौको यूएनआई शान्तिमार्गस्थित नेप्से कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.