एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र पुस २५ गतेदेखि आउँदै
काठमाडौँ। एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र पुस २५ गतेदेखि बिक्री गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न लागेको हो।
बैंकले १० वर्षे अवधिको लागि ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।
बैंकले जारी गरेको ऋणपत्रमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गर्नेछ। यस ऋणपत्रमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा माघ १० गतेसम्म आवेदन दिन पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment