यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ। ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नबिल बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल टेलिकम र बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ५ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
नबिल बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजे हुने भएको छ।
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजे हुने भएको छ।
सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजे हुने भएको छ।
नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २८ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे हुने भएको छ।
बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस ३० गते काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे हुने भएको छ।







डिसी नेपाल







Facebook Comment