दुर्घटनाबाट निकालिएका शव गण्डकी अस्पतालमा

डिसी नेपाल
१ माघ २०७९ १५:३०
308
Shares

पोखरा। पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *