भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथमा विशेष पूजा आराधना

डिसी नेपाल
१२ भदौ २०८३ १५:४१

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिरमा पुगी विशेष पूजा आराधना गरेका छन्।

नेता चौथाइवाले नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान पशुपतिनाथ मन्दिरमा रु २ हजार १०० दरका सात वटा विशेष पूजाको रसिद काटेर विधिपूर्वक पूजाआजा गरेका हुन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाका अनुसार उक्त टोलीलाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले विशेष पूजा गराई टीका तथा प्रसाद प्रदान गरेका थिए।

विशेष पूजामा चौथाइवालेसँगै भारतका सांसद एवं पूर्वमन्त्री रविशङ्करप्रसाद सिंहलगायतका भारतीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पशुपतिनाथ मन्दिर परिसर पुगेका भारतीय टोलीलाई पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप राना र कोष सञ्चालक परिषद् सदस्य बास्तोलाले स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *