राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, पूर्वनिर्धारित कार्यक्रम स्थगित
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् ।
“यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्वीटमा भनेकी छन्।
आइतबार पूर्वी नेपालमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेकी राष्ट्रपति पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै कार्यक्रम स्थगित गरेको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।







डिसी नेपाल







Facebook Comment