बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ
वीरगञ्ज । वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।
मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।
प्रतिक्रिया
Facebook Comment