राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु

डिसी नेपाल
२७ फागुन २०८२ २२:५७
40
Shares

दाङ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु भएको छ। प्रतिष्ठानमा क्याथ ल्याब मेसिन स्थापना भएसँगैले मुटुरोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीले बताए।

मंगलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो। ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो। त्यसपछि प्र्रतिष्ठानको एमआरआइ, सिटीस्क्यान, भिडियो एक्स–रे को सहयोगमा बिरामीको रोगको ‘डाइग्नोसिस’ गर्न सहज भएको उहाँले बताए।

मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटुरोग विशेषज्ञ उप्रेतिको नेतृत्वमा तारको विधिबाट शल्यक्रिया गरेर निकालिएको हो। शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएकाले उनलाई घर पठाइएको छ। उप्रेतीका अनुसार मुटुरोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी सञ्चालनमा ल्याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *